इटहरी । सुन्दरहरैंचा उद्योग वाणिज्य संघद्वारा सञ्चालित विराटचोक र सलकपुरका सार्वजनिक पुस्तकालयका आवासका लागि सहयोग समूहले महत्वपूर्ण र सन्दर्भमूलक पुस्तक प्रदान गरेको छ ।
सुन्दरहरैंचा नगरपालिकाको साझेदारीमा प्रकाशित नगर विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना २०८२–२०८७ तथा सुन्दरहरैंचा नगरपालिका विपद् तथा जलवायु उत्थानशील योजना २०८२ पुस्तक प्राप्त भएको सुन्दरहरैंचा उद्योग वाणिज्य संघले जनाएको छ ।
ती पुस्तकहरूले विपद् व्यवस्थापन, जलवायु परिवर्तन, जोखिम न्यूनीकरण तथा दिगो विकासका विषयमा अध्ययन–अनुसन्धान गर्ने विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता, सरोकारवाला निकाय तथा आम पाठकवर्गका लागि अमूल्य सन्दर्भ सामग्रीका रूपमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको लुमन्तीले जनाएको छ ।


















