इटहरी ।  खेलको ७९ औँ मिनेटसम्म २ गोलले पछि परेको अर्जेन्टिना त्यसपछिको ११ मिनेटमा ३ गोल गरी इजिप्टलाई ३–२ गोलले पछि पार्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा ७९ मिनेटसम्म २–० ले पछि परेको अर्जेन्टिनाले अन्तिम ११ मिनेटमा तीन गोल फर्काएको हो । खेलको ७९ मिनेटमा कप्तान लियोनल मेसीको पासमा क्रिस्टियन रोमेरोले हेडर गोल गरेका थिए ।

त्यसको ५ मिनेटपछि मेसीले गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा फर्काएका थिए । मध्यान्तरपछिको दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई ३–२ को जीत दिलाएका हुन् ।

इजिप्टले खेलको १५ औं मिनेटमा नै अग्रता लिएको थियो । इजिप्टका यासर इब्राहिमले हेडरमार्फत गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए ।
खेलको ६७ औं मिनेटमा हाइसेम हसनको पासमा मोस्तफा जिकोले गोल गर्दै इजिप्टको अग्रता दोब्बर बनाएका थिए ।

इजिप्ट ९२ वर्षपछि पहिलो पटक समूह चरण पार गर्दै नकआउट चरणमा पुगेको थियो ।

यो खेलमा पनि गोल गरेसँगै मेसी विश्वकपमा लगातार ९ खेलमा गोल गर्ने खेलाडी बनेका छन् । उनी विश्वकपमा सर्वाधिक (३१) खेल खेल्ने, सर्वाधिक (२१) गोल गर्ने र सर्वाधिक ६ पटक विश्वकप खेल्ने कीर्तिमान बनाउने खेलाडीको रुपमा रहेका छन् ।