इटहरीः सञ्चारकर्मी पवन अधिकारी नेपाल घरेलु तथा साना उद्योग महासंघको काठमाडौंमा सम्पन्न २६ औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।

पत्रकारिता तथा विज्ञापन क्षेत्रमा लामो समयदेखि क्रियाशील अधिकारी विभिन्न सामाजिक तथा व्यावसायिक गतिविधिमा समेत सक्रिय रहँदै आउनुभएको छ ।

केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै अधिकारीले महासंघमार्फत् घरेलु तथा साना उद्योगको प्रवद्र्धन, उद्यमशीलताको विकास तथा निजी क्षेत्रका व्यवसायीहरूको हकहितका पक्षमा सक्रिय रूपमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।