विराटचोकः आजदेखि मोरङको सुन्दरहरैंचा–१०, विराटचोकमा ‘लोक मेडिकल हल, क्लिनिक एण्ड ल्याब’ सञ्चालनमा आएको छ ।

सो मेडिकल हलको उद्घाटन सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले गर्नुभएको थियो । मेडिकल हलमा विशेषज्ञ चिकित्सकको परामर्श, प्रयोगशाला (ल्याब) सेवा, नियमित स्वास्थ्य परीक्षण तथा फार्मेसी सेवा उपलब्ध गराइने सञ्चालक कविताकुमारी साहले जानकारी दिनुभयो ।

सञ्चालकका अनुसार उद्घाटनको अवसरमा साउन महिनाभर विशेष छुटको व्यवस्था गरिएको छ । जसअन्तर्गत भिटामिन डी, भिटामिन बी, बी–१२ र थाइराइड परीक्षणमा ५० प्रतिशत छुट दिइने भएको छ । रगत र मधुमेह (सुगर) परीक्षण १० रुपैयाँमै उपलब्ध गराइने सञ्चालक साहले बताउनुभयो ।


सो क्लिनिकमा बिहान र बेलुका वरिष्ठ एमबीबीएस चिकित्सकबाट नियमित सेवा उपलब्ध हुने भएको छ । प्रत्येक महिनाको दोस्रो शनिबार कान्ति बाल अस्पताल काठमाडौंका नवजात तथा बालरोग विशेषज्ञ डा. श्रीराम साहबाट पनि सेवा प्रदान गरिने बताइएको छ ।

क्लिनिकमा डिजिटल एक्स–रे, हाडजोर्नी तथा नसा रोग, मुटुरोग, स्त्री तथा प्रसूति रोग, बालरोग, जनरल फिजिसियन, छाला तथा यौन रोगलगायतका विशेषज्ञ चिकित्सकबाट निश्चित दिनमा सेवा उपलब्ध गराइने भएको छ ।

अत्याधुनिक ल्याबमार्फत् विभिन्न स्वास्थ्य परीक्षण सेवासमेत सञ्चालनमा ल्याइएको छ ।