इटहरी । शुक्रबार आत्मदाहको प्रयास गरेका सर्लाहीको गोडैता नगरपालिकाका विवेक मण्डलको काठमाडौंमा उपचारको क्रममा निधन भएको छ ।
उनलाई शुक्रबार हेलिकप्टरबाट काठमाडौं ल्याएर कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।
शुक्रबार साँझ साढे ७ बजे कीर्तिपुरको बर्न अस्पताल ल्याइएका उनको आज बिहान २ बजे निधन भएको अस्पतालले जनाएको छ ।
२५ वर्षीय विवेकले शुक्रबार घरबाट करिब २ सय मिटर टाढा गएर आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए ।
बिहीबार त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले पनि आत्मदाह प्रयास गरेका थिए । उनको शुक्रबार उपचारका क्रममा निधन भएको थियो ।
शनिबार काठमाडौंको बुद्धनगरमा पनि एक जनाले आत्मदाहको प्रयास गरेका थिए । उनको आइतबार उपचारका क्रममा निधन भएको थियो ।


















