इटहरी ।  सरकारले विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै सूचना तथा सञ्चार मन्त्रालयले रिक्त रहेको विज्ञापन बोर्डको अध्यक्ष पद पूर्तिका लागि योग्य व्यक्तिहरूबाट आवेदन माग गरेको छ ।

इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले २०८३ साल साउन ८ गते शुक्रबार कार्यालय समयभित्र आफ्नो दरखास्त पेश गर्नुपर्ने र तीमध्ये एक जनालाई छनोट गरेर अध्यक्ष पदको जिम्मेवारी दिइने सूचनामा उल्लेख छ । सो पदका लागि आवश्यक पर्ने कागजात तथा विस्तृत विवरणहरू सूचना तथा सञ्चार मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।