खोर्सानेः नझरेका फूलहरूको आयोजनामा साउन महिनाभर सञ्चालन हुने ‘झरी र इन्द्रेणी’ कार्यक्रमको पहिलो शृङ्खला शनिबार सुन्दरहरैँचा– १० स्थित सृजना क्याफे खोर्सानेमा सम्पन्न भएको छ । कार्यक्रममा इलामको चुलाचुलीका साहित्यकार विवश बलिभद्र कोइरालाले आफ्ना रचना सुनाउनुभएको थियो ।

सो कार्यक्रममा विभिन्न साहित्यिक संस्थामा आबद्ध साहित्यकार तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

आयोजक नझरेका फूलहरूका प्रस्तोता केपी घिमिरेका अनुसार अनुसार ‘झरी र इन्द्रेणी’ का कशृङ्खला साउन महिनाका हरेक शनिबार निरन्तर सञ्चालन हुनेछन् ।

दोस्रो शनिबार कवि सबि मेवाहाङको साहित्यिक प्रस्तुति रहने घिमिरेले जानकारी दिनुभयो ।

भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याख्खाको अध्यक्षतामा भएको कार्यक्रममा डा. मोहन तुम्बाहाङ प्रमुख अतिथि हुनुहुन्थ्यो ।

कार्यक्रममा मोरङको सुन्दरहरैंचा, बेलबारी, केराबारी, ग्रामथान, सुनसरीको इटहरीलगायतका स्रष्टाको उपस्थिति रहेको थियो ।