उर्लाबारीः उर्लाबारी –४ स्थित रामेश्वर शिव मन्दिरको ३९ औँसाधारण सभाबाट दुर्गाराम कार्की अध्यक्षमा सर्वसम्मत निर्वाचित हुुनुभएको छ ।

सभाले मन्दिरको धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने विषयमा समेत छलफल गरेको जनाएको छ । नवनिर्वाचित अध्यक्ष कार्कीले मन्दिरको संरक्षण, धार्मिक गतिविधिको प्रवद्र्धन तथा भक्तजनका लागि आवश्यक सेवा–सुविधा विस्तारमा आफूले प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

साधारण सभाले नयाँ नेतृत्व चयनसँगै मन्दिरको आगामी कार्ययोजनालाई समेत अघि बढाउने निर्णय गरेको जनाइएको छ । साधारणसभामा नगर प्रमुख गंगाप्रसाद खरेलको प्रमुख आतिथ्यता रहेको थियो ।