इटहरी । अप्पर लोहरे खोला हाईड्रोपावर कम्पनी लिमिटेडको २८ लाख ४६ हजार ५२५ कित्ता शेयरको लक इन अवधि आज साउन २८ गतेदेखि सकिने भएको छ ।
सो कम्पनीको कुल शेयर सङ्ख्यामा संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २६ लाख कित्ता, स्थानीय बासिन्दाका लागि छुट्टयाइएको २ लाख ६ हजार ७६० कित्ता र कम्पनीका कर्मचारीका लागि बाँडफाँड गरिएको ३९ हजार ७६५ कित्ता शेयर रहेको छ ।
सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा भने नियमानुसार शेयर रोक्का रहने कम्पनीले जनाएको छ ।


















