विराटचोकः नेपाली कथानक चलचित्र हली हेर्न मोरङको सुन्दरहरैंचा– ९ विराटचोक स्थित विराट सिनेघरमा स्कलर्स होम स्कुलका विद्यार्थीहरू पुगेका छन् ।

विद्यार्थीको शिक्षाको लागि महत्त्वपूर्ण विषयवस्तु रहेको र नेपाली समाजको यथार्थ जीवनसँग जोडिएका विषयवस्तुलाई कथामा प्रस्तुत गरिएको चलचित्र हेर्न विद्यार्थीलाई लगिएको विद्यालयले जनाएको छ ।

सो चलचित्रले किसानको सङ्घर्ष, दुःख, पीडा र मेहनतसँगै छाउपडी प्रथा जस्ता सामाजिक विकृतिलाई समेत उजागर गरेको छ । बाबुछोरीबीचको माया, आत्मीयता र भावनात्मक सम्बन्धलाई पनि मार्मिक रूपमा चलचित्रमा प्रस्तुत गरिएको छ ।