इटहरीः इटहरी बजार क्षेत्रमा सवारी साधन जथाभावी पार्किङ गर्ने क्रम बढेपछि ट्राफिक प्रहरीले कडाइ गर्न थालेको छ ।

मुख्य बजार तथा नो–पार्किङ क्षेत्रमा पार्किङ गरिएका मोटरसाइकलहरूमा ट्राफिक प्रहरीले ह्वील लक गर्न शुरु गरेको हो ।

शुक्रबार इटहरीको व्यस्त मानिने स्काई प्लाजा अगाडि ‘नो पार्किङ’ लेखिएको स्थानमा राखिएका मोटरसाइकलहरूमा ट्राफिक प्रहरीले ह्वील लक लगाएको छ ।

सवारी आवागमनलाई व्यवस्थित बनाउन र फुटपाथ तथा सडक ओगटेर गरिने अस्तव्यस्त पार्किङलाई नियन्त्रण गर्न यो अभियान सञ्चालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।