सलकपुरः मोरङको सुन्दरहरैंचा–८, चन्द्रनगरमा रहेको पाथीभरा भजन समूहको १५ औँ साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभामा समूहको वार्षिक गतिविधि, आय–व्यय तथा आगामी योजनाबारे छलफल गरिएको थियो । समूहकी अध्यक्ष सावित्रा संग्रौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।

विशिष्ट अतिथि पूर्व प्रदेश सांसद लोकप्रसाद संग्रौला, स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचा, मोरङका अध्यक्ष नेत्रप्रसाद चौलागाईं उपस्थित हुुनुहुन्थ्यो ।

समूहकी सचिव उमा फुयालले सञ्चालन गर्नुभएको कार्यक्रममा समूहको वार्षिक आय–व्यय तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

साधारणसभाको अवसरमा समूहमा आबद्ध दुई जना विद्यार्थी तथा केही कर्मचारीलाई सम्मान गरिएको थियो । उनीहरूलाई समूह तथा सम्बन्धित क्षेत्रमा पुर्याएको योगदान र सक्रियताको कदर गर्दै सम्मान गरिएको हो ।

कार्यक्रममा समूहका पदाधिकारी, सदस्य, विद्यार्थी, कर्मचारी तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो ।