काठमाडौंः आज बसेको रास्वपाको केन्द्रीय समिति बैठकले पार्टीको प्रवक्ता, सहप्रवक्ता, कोषाध्यक्ष, सहकोषाध्यक्ष र केन्द्रीय सदस्य पदमा केही नेतालाई मनोनित गरेको छ ।

पार्टीको प्रवक्तामा जगदीश खरेल, कोषाध्यक्षमा डा. मनोहर प्रधान, सहकोषाध्यक्षमा बसुमाया तामाङ, तथा सहप्रवक्तामा ननिता यादव र सुरेन्द्र चौधरी मनोनित हुनुभएको छ ।

बैठकले संगठन विभाग प्रमुखमा प्रमोद न्यौपानेलाई मनोनित गरेको छ ।

शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, कबिन्द्र बुर्लाकोटी, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर, मनिष झा र पुरूषोत्तम यादव सचिवालय सदस्यमा मनोनित हुनुभएको छ ।

भूपदेप शाह, सुनिल लम्साल, सुधन गुरूङ, प्रतिभा रावल, पुरूषोत्तम यादव, बसुमाया तामाङ, मनोहर प्रधान, सुरेन्द्र चौधरी, डा.भानुभक्त राई केन्द्रीय सदस्यमा मनोनित हुनुभएको छ ।

रास्वपाले एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री पदमा अझै मनोनित गर्न बाँकी छ ।