इटहरीः ‘नझरेका फूलहरू’ को आयोजनामा शनिबार सुप्रसिद्ध कवि एवम् गीतकार दीपा राई पुनसँग ‘जम्काभेट’ नाम दिएर साहित्यिक तथा साङ्गीतिक कार्यक्रम इटहरीमा सम्पन्न भएको छ ।

इटहरीको होटल मादेन इनमा ‘कफी सृजना र साक्षात्कार’ अन्तर्गत स्रष्टाहरू मनु मञ्जिल, हेमन यात्री, किरण टी.लिम्बू, मिश्रा गुरुङ, करुणा राई, सुविद गुरागाईँ, गायत्री लम्साल, विनोद विवश र टीका आत्रेयले आफ्ना भनाइ तथा सिर्जना प्रस्तुत गर्नुभएको थियो ।

नझरेका फूलहरूका सञ्चालक केपी घिमिरेका अनुसार कार्यक्रममा मोरङ र सुनसरीका स्रष्टालाई आमन्त्रण गरिएको थियो ।