मधुमल्लाः मोरङको मिक्लाजुङ गाउँपालिका–८ स्थित ग्याङ्री खोलामा पुल निर्माण कार्य शुरु भएको छ । पुल नबन्दा मिक्लाजुङ–माल्वारी– तोरीबारी जोड्ने मार्गमा रहेको कजवे बर्खायाममा जोखिमपूर्ण हुने गरेको थियो ।
वर्षौंदेखि स्थानीयले भोग्दै आएको आवतजावतको समस्याका कारण स्थानीयवासीमात्रै होइन खुडी (कुईनेटार) र चुलीपोखरी हाइकिङ जाने पदयात्री र पर्यटक पनि समस्यामा पर्ने गरेका थिए । प्रमुख मार्गमा पुल निर्माण भएपछि पर्यटकको आवागमन समेत सहज हुने भएको गाउँपालिका अध्यक्ष बबिकुमार राईले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष राईको नेतृत्वमा स्थानीयको दीर्घकालीन आवश्यकतालाई प्राथमिकतामा राख्दै पुल निर्माण शुरु गरिएको गाउँपालिकाले जनाएको छ ।


















