काठमाडौंः भदौ १० गते भोटेकोशीमा आएको बाढीले नदीको तटीय क्षेत्रका बस्ती बगाउँदा रसुवा र नुवाकोटका विभिन्न बस्तीमा आफन्तलाई दागबत्ती दिने व्यक्ति र छिमेकीको मलामी जाने व्यक्तिसमेत अभाव छ । 

बेत्रावतीमा बाढीले बगाएर भेटिएका शवको दाहसंस्कार गर्ने र मालामी जाने मान्छेसमेत छैनन् ।


बाढीले बस्ती नै बगाएपछि दाहसंस्कार गर्ने ठाउँसमेत  छैन ।  शव उठाउने मानिससमेत भेट्न मुस्किल छ । 


खोलामा यत्रतत्र रहेका शवबाट दुर्गन्ध आउन थालेको छ । कतिपयको बाढीबाट सबै परिवार बितेकाले दाहसंस्कार गर्नेसमेत कोही छैनन् ।


भागेर बाँचेकाहरू पनि तितरबितर भएका छन् । बस्ने बास र खाने गाँस नभएपछि विभिन्न ठाउँमा आश्रय लिन पुगेकाले पनि बेत्रावतीमा मान्छे नभएका हुन् । 


प्रशासनबाट बाढी आइरहेको खबर आए पनि कस्तो खालको बाढी भएको सूचना नै पुग्न नसक्दा धेरै मानवीय क्षति भएको स्थानीय बताउँछन् ।