विराटचोकः सुन्दरहरैंचा–९ मा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को कार्यालयसँगै ‘एडुस्टाफ सोलुसन’ सञ्चालनमा आएको छ ।
शिक्षण क्षेत्रमा दक्ष जनशक्ति र विद्यालयबीच समन्वय गर्दै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यका साथ सञ्चालनमा आएको सो संस्थाले योग्य तथा अनुभवी शिक्षक, प्रशासनिक कर्मचारी र सहयोगी जनशक्तिलाई विभिन्न विद्यालय तथा शैक्षिक संस्थासँग जोड्ने जनाएको छ ।
पूर्वप्राथमिकदेखि माध्यमिक तहसम्मका शिक्षक तथा कर्मचारी पदमा रोजगारीका अवसर उपलब्ध गराइने संस्थाका सञ्चालक सूर्य दंगालले बताउनुभयो ।
संस्थाले योग्य, अनुभवी तथा तालिमप्राप्त व्यक्तिलाई रोजगारीका लागि आवेदन दिन आह्वान गरेको छ ।


















