विराटचोकः सरकारले ६ विश्वविद्यालयमा रजिष्ट्रार नियुक्त गरेको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिशमा शिक्षाध्यक्ष र रजिष्ट्रार नियुक्त गर्नुभएको हो ।

त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा.डा. अञ्जना महर्जन सिंह र रजिष्ट्रारमा प्रा. रवीन्द्र शिवाकोटी नियुक्त हुनुभएको छ । शिवाकोटी त्रिविको शिक्षा शास्त्र सङ्कायका र सिंह विज्ञान सङ्कायकी प्राध्यापक हुनुहुन्छ ।

पूर्वाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा. पन्ना थापा, पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा. निर्मला जमरकट्टेल र सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा. तारादत्त भट्ट नियुक्त हुनुभएको छ ।
मध्यपश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक डा. सुदीप ठकुरी तथा राजर्षि जनक विश्वविद्यालयको रजिस्ट्रारमा डा. जीवन काफ्ले नियुक्त हुनुभएको छ ।

नवनियुक्त शिक्षाध्यक्ष तथा रजिष्ट्रारहरूले हिजो शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।