गछियाः गछिया युवा समाज सुन्दरहरैंचा, मोरङका खेलाडी कुशल तामाङ अण्डर फिफ्टिन फिफा वर्ल्ड कप छनोटका लागि हुने राष्ट्रियस्तरको छनोटअन्तर्गत अन्तिम खेलका लागि छनोट भएका छन् ।

कोशी प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै कुशल राष्ट्रियस्तरको अन्तिम छनोटमा प्रवेश गरेका हुन् । अब उनले काठमाडौंमा हुने फाइनल छनोटमा सहभागी हुँदै आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन् ।

कुशलको सफलताप्रति खुसी व्यक्त गर्दै गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले यो उपलब्धि खेलाडी मात्र नभई सुन्दरहरैंचाकै लागि गौरवको विषय भएको बताउनुभयो । काठमाडौंमा हुने अन्तिम छनोट खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै सफल हुन कुशललाई शुभकामना दिनुभयो ।