पोखराः कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ मा निर्माणाधीन सुपर सेती हाइड्रोपावरको बाटो खन्ने क्रममा पहिरो खस्दा दुई जना कामदारको मृत्यु भएको छ ।
सो पहिरोमा परी गम्भीर घाइते भएका धनकुटाको पाख्रिबास नगरपालिका–८ का २६ वर्षीय आयुष राई र खोटाङको केपिलासगढी गाउँपालिका–१ घर भएका २७ वर्षीय किसान राईको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान ११ बजेतिर खसेको पहिरोमा परी उनीहरू घाइते भएका थिए । घाइते दुवैलाई स्थानीयले उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा ल्याएका थिए ।
इलामका ३२ वर्षीय भक्तबहादुर मगर पनि सो पहिरोमा परी घाइते भएका छन् । घुँडामा चोट लागेका उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।


















