लेटाङः नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेटाङ नगर कमिटीको तेस्रो विस्तारित बैठक सम्पन्न भएको छ । नगर कमिटी अध्यक्ष खगेन्द्रराज भण्डारीको अध्यक्षतामा बसेको बैठकले ‘जागरण अभियान’ लाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको छ ।

कार्यक्रममा एमाले मोरङ इन्चार्ज तथा केन्द्रीय सदस्य ऋषिकेश पोखरेलको प्रमुख आतिथ्यता तथा कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाको विशिष्ट आतिथ्यता रहेको थियो ।

प्रदेश कमिटी सदस्यहरू भुपेन्द्रकुमार लावती, डिल्ली शर्मा अधिकारी र दिपेश राई, जिल्ला सचिव सोमराज थापाका साथै एमाले जिल्ला कमिटी सदस्यहरूको आतिथ्यता रहेको थियो ।

बैठकमा एमाले लेटाङ नगर कमिटीका सम्पूर्ण पदाधिकारी, वडा कमिटीका पदाधिकारीहरू तथा विभिन्न जनवर्गीय सङ्गठनका नगरस्तरीय पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

बैठकमा सङ्गठन सुदृढीकरण र आगामी कार्ययोजनाबारे छलफल गर्दै जागरण अभियानलाई तल्लो तहसम्म लैजाने रणनीति तय गरिएको जनाइएको छ ।