गोरखाः गोरखाको चुमनुब्री गाउँपालिका–४ मा मान्द्रुङ खोलामा आएको बाढीले चार ओटा घर र एउटा फलामे पुल बगाएको छ ।

आज बिहान साढे ३ बजेको आएको बाढीले चुमनुब्री गाउँपालिका–४ नाम्रुङ का नगु छिरिङ, उर्गीन लामा, लाक्पाभुटी लामा र दोर्जे ग्याल्जेनको घर बगाएको हो ।

बाढीले सो गाउँपालिकाको वडा नम्बर २ र ४ जोड्ने एउटा फलामे पुल पनि बगाएको छ ।

बाढी आएको थाहा पाएपछि स्थानीयले भागेर ज्यान जोगाएका थिए ।