काठमाडौं। काठमाडौंको नयाँ बानेश्वरमा आयोजित जेनजी सहिद दिवस कार्यक्रममा आन्दोलनका क्रममा भएका घटनामा आधारित नाटक हेर्दाहेर्दै तीन जना बेहोश भएपछि उपचारका लागि सिभिल अस्पताल लगिएको छ ।
बानेश्वरमा आज पनि जेनजी सहिद दिवसका अवसरमा विभिन्न कार्यक्रम तथा नाटक प्रस्तुत गरिएको थियो । कार्यक्रममा गत वर्षको जेनजी आन्दोलनका क्रममा भएका कारुणिक घटनालाई नाटक तथा भिडियोमार्फत प्रस्तुत गरिएको थियो ।
प्रदर्शनका क्रममा आन्दोलनकारीमाथि गोली प्रहार भएको, मानिसहरू घाइते भएको तथा मृत्यु भएका दृश्यहरू देखाइएको थियो ।


















