काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले सेमिफाइनलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको बायुमास क्रिकेट ओभलमा हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
ओमानका कप्तान विनायक शुक्लाले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
नेपाल समूह ए को विजेता बनेर सेमिफाइनलमा स्थान बनाएको हो। ओमानले समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेल्न लागेको हो ।


















