काठमाडौं । पहिरोका कारण त्रिभुवन राजपथ अवरुद्ध बनेको छ ।
गएराति ९ बजे धादिङको थाक्रे गाउँपालिका-७ सोप्याङखोलामा पहिरो खसेका कारण काठमाडौं-हेटौंडा जाने त्रिभुवन राजपथ दुईतर्फी अवरुद्ध बनेको धादिङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहानैदेखि ४ वटा उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।


















