बेलबारी । नेपाल प्रेस युनियन मोरङको अध्यक्षमा भोजराज बस्नेत चयन हुनुभएको छ । युनियनको नयाँ नेतृत्व चयनसँगै बस्नेतको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन भएको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा गोपाल पोखरेल र प्रशान्त निरौला तथा महिला उपाध्यक्षमा उषा सरदार चयन हुनुभएको छ । सचिवमा सन्तोषकुमार बास्तोला, सहसचिवमा अनुज सापकोटा र अञ्जना पराजुली तथा कोषाध्यक्षमा दिलिप अग्रवाल चयन हुनुभएको छ ।

सदस्यहरूमा सरस कट्टेल, सुभाष भण्डारी, पारस मण्डल, दीपेन्द्र साह, विवेक मेहता, प्रेम पारख, अफताफ अली, दीपा धिमाल र समय घिमिरे चयन हुनुभएको छ ।