इटहरी ।  सरकारलाई असहयोग गरेको भन्दै ग्यास व्यवसायीलाई ‘पाता फर्काउनुपर्ने’ भनी अभिव्यक्ति दिएर विवादमा आएकी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छिन् ।

यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ ।

यादवले बिहीबार ग्यास उद्योगीलाई पाता कस्नुपर्ने भन्दै विवादित अभिव्यक्ति दिएकी थिइन् ।

यादवले चैत २७ गते मन्त्री पदको शपथ लिएकी थिइन् । उनी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद् हुन् ।

उनको स्थानमा सुनसरीबाट निर्वाचित सांसदलाई मन्त्री बनाउने तयारी भइरहेको बताइएको छ ।