इटहरीः विवादास्पद अभिव्यक्तिका कारण राजीनामा दिन बाध्य भएकी उद्योगमन्त्री गौरीकुमारी यादवको राजीनामा स्वीकृतिपछि रिक्त बनेको उद्योगमन्त्री पदमा सुनसरीका दीपक साह सिफारिश हुनुभएको छ ।
मेकानिकल इन्जिनियर साह सुनसरी क्षेत्र नम्बर ४ का सांसद हुनुहुन्छ । उहाँले नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई २६,१८४ मतको फराकिलो मतान्तरले पराजित गर्नुभएको थियो ।


















