विराटचोकः सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा निःशुल्क महिला स्वास्थ्य परीक्षण तथा सचेतना शिविर सम्पन्न भएको छ । शिविरमा १०० जनाभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ ।

सुन्दरहरैंचा–१० स्थित सुकुना सामुदायिक अस्पतालमा आयोजित शिविरमा नोबेल मेडिकल कलेज, विराटनगर र सुकुना सामुदायिक अस्पतालले प्राविधिक सहयोग तथा विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गरेका थिए ।

शिविरमा स्त्रीरोग, स्तन क्यान्सर, पाठेघरको क्यान्सर, पिसाब संक्रमण, गर्भावस्था, उच्च रक्तचाप, मधुमेहलगायत विभिन्न स्वास्थ्य समस्याको परीक्षण तथा स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गरिएको कार्यक्रम संयोजक अनिता अधिकारीले बताउनुभयो ।

महिलाहरूलाई आफ्नो स्वास्थ्यप्रति सचेत गराउँदै समयमै रोगको पहिचान र उपचारमा पहुँच पु¥याउने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले जनाएको छ ।

स्वास्थ्य परीक्षण गरिएकामध्ये १० जनालाई थप उपचारका लागि नोबेल मेडिकल कलेजमा रेफर गरिएको कार्यक्रम संयोजक अधिकारीले जानकारी दिनुभयो ।