इटहरीः लक्ष्मी डान्स स्टुडियो इटहरीको आयोजनामा भएको किड्स डान्सिङ स्टार सिजन ३ को उपाधि आस्ना पौडेलले जित्नुभएको छ ।

सो डान्स स्टुडियोमा नृत्य सिक्ने प्रशिक्षार्थीबीच भएको प्रतियोगिताका अन्य २५ प्रतिष्पर्धीलाई उछिन्दै पौडेलले उपाधि जित्नुभएको हो । उपाधिसँगै मेडल, प्रमाणपत्र र विभिन्न उपहारसहित नगद १० हजार रुपैयाँ उहाँले प्राप्त गर्नुभएको थियो ।

प्रतियोगितामा सिग्मा राई दोस्रो, हुँदै मेडलका साथमा नगद १० हजार रुपैयाँ हात पार्नुभएको थियो । सुहारिका कार्की तेस्रो र आभास बर्देवाले सान्त्वना स्थान हात पार्नुभएको थियो । विजेतालाई कार्यक्रमका अतिथि तथा कार्यक्रमकी सभाध्यक्षलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

मल्टिमिडिया अवार्डतर्फ ताजिब लिम्बू, केञ्जल राउत, सेमन्त पौडेल र सान्भी सिग्देलले क्रमशः पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान हात पार्नुभएको छ ।

प्रेम सुनाम, मनोज राजवंशी र युजिन समाल मगरले प्रतियोगिताका प्रतियोगीहरूको नृत्यको मूल्याङ्कन गरी विजेता घोषणा गर्नुभएको थियो ।

कोशी प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री सपना परियारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन भूमा अधिकारीले गर्नुभएको थियो ।

कार्यक्रममा गायक अञ्जु गौतम, गंगा गौतम, ऋचा काफ्लेलगायतले तीज गीत प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा विवाहित नारीहरुबीच समूहगत रुपमा तीज नृत्य प्रतियोगिता पनि सञ्चालन भएको थियो ।