इटहरीः सङ्गीत साधना प्रतिष्ठान नेपाल, इटहरीको आयोजनामा इटहरी उपमहानगरपालिका–२ का वडाध्यक्ष माधव कोइरालाको प्रमुख आतिथ्यतामा ६२ औँ राष्ट्रिय बाल दिवस मनाइएको छ ।
कार्यक्रममा सङ्गीतकर्मी बालबालिकाहरूले विभिन्न साङ्गीतिक प्रस्तुति दिएका थिए । बालबालिकाको प्रतिभा प्रस्फुटनसँगै उनीहरूलाई उत्साह, हौसला र प्रोत्साहन प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
बालबालिकाको सिर्जनशीलता र प्रतिभालाई उजागर गर्न तथा उनीहरूलाई साङ्गीतिक क्षेत्रमा अघि बढ्न प्रेरित गर्ने वातावरण निर्माण गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ ।
कार्यक्रममा बालबालिकाको प्रतिभा प्रस्तुतिको प्रशंसा गर्दै उनीहरूको क्षमता विकासका लागि निरन्तर अवसर र प्रोत्साहन आवश्यक रहेकोमा जोड दिइएको थियो ।
“बालापनको रक्षाः भविष्यको सुरक्षा” भन्ने मूल नारासहित ६२ औँ राष्ट्रिय बालदिवस मनाइएको हो ।
दिवसको अवसरमा देशका विभिन्न भागमा कार्यक्रम भएका थिए ।


















