विराटचोकः भोजपुर जिल्लासँग पैतृक थलो जोडिएका व्यक्तिहरुलाई शेयर सदस्य बनाउने गरी स्थापित भोजपुरे कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाको २२ औँ साधारणसभाबाट राजेन्द्र कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

शनिबार सुन्दरहरैंचाको विराटचोकमा भएको साधारणसभाले सुन्दरहरैंचा–१० का कार्कीको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । कार्की यसअघि समितिको सचिव पदमा कार्यरत हुनुहुन्थ्यो ।

९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा मातृकाप्रसाद पराजुली, सचिव पदमा मोहनकुमार पोखरेल, सहसचिवमा यादप कटुवाल र कोषाध्यक्षमा ताराकुमारी सुब्बा चयन हुनुभएको छ ।

त्यस्तै, सदस्यहरुमा बालकृष्ण घिमिरे, विमला घिमिरे, खगेन्द्रबहादुर खत्री र सबिना चम्लागाईँ चयन हुनुभएको छ ।

लेखा सुपरीवेक्षण समितिको संयोजकमा विनोदकुमार चापागाईँ तथा सदस्यद्वयमा मीना कार्की र कृष्णप्रसाद साहु चयन हुनुभएको छ ।

साधारणसभामा ज्येष्ठ सदस्य, उत्कृष्ट कर्मचारी, उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता, बाल बचतकर्ता, विभिन्न शैक्षिक तहमा उत्कृष्टता हासिल गर्ने शेयर सदस्यका सन्ततिलगायतलाई सम्मान गरिएको थियो ।