धनकुटाः आज बिहान सवा ८ बजे धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ बञ्चरेमा तांखुवाबाट धरान जाँदै गरेको जीप दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ
को १ ज २४९४ नम्बरको जीप दुर्घटना हुँदा सो जीपमा सवार धनकुटाको छथर जोरपाटी–३ की ६० वर्षीया सोकमाया लिम्बूको मृत्यु भएको हो ।
अन्य १० जना घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ । केही घाइते गम्भीर रहेको अस्पतालले जनाएको प्रहरीले जानकारी दिएको छ । घटनाको सम्बन्धमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।


















