बेलबारीः साइबर ब्युरोमा परेको उजुरीका आधारमा राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् ।
दाहाललाई मोरङको सुन्दरहरैँचा नगरपालिका–८, सलकपुरस्थित चिया पसलबाट नियन्त्रणमा लिइएको छ । उनलाई आवश्यक कारबाहीका लागि ब्युरोलाई जिम्मा लगाइने भएको छ ।
ब्युरोले काठमाडौं जिल्ला अदालतबाट उनलाई पक्राउ गर्ने अनुमति लिएको बताइएको छ ।
दाहाल एक कार्यक्रमका सिलसिलामा मोरङ आएका थिए ।


















