मधुमल्लाः नेपाली काङ्ग्रेस मोरङको मिक्लाजुङ गाउँपालिका अन्तर्गत ३ नम्बर वडा कार्यसमितिको अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ ।
युवा नेता एवम् गीतकार केपी घिमिरे सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन हुनुभएको छ । घिमिरेले सुकुना बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घको सभापति भएर सफलतापूर्वक जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । घिमिरे नेपाल सांस्कृतिक सङ्घ मोरङका सदस्य, नेपाल तरुण दल टाँडीका सभापति, नेपाल विद्यार्थी सङ्घ मोरङ क्षेत्र नम्बर ४ का क्षेत्रीय उपसभापति तथा मोरङ जिल्ला सदस्यसमेत भइसक्नुभएको छ ।
अधिवेशनबाट वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू र क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत चयन गरिएको जनाइएको छ । पार्टीभित्रको आन्तरिक एकता र सहमतिलाई प्राथमिकता दिँदै नेतृत्व चयन गरिएको बताइएको छ ।
अधिवेशनबाट वडा समितिमा गणेशकुमार मगर सभापति र उमेश निरौला सचिव पदमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
















