इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरा स्थित कोशी लोकमार्गबाट ४ सय ५० किलोग्राम गाँजा बोकेको बा.२ च ९५७३ नम्वरको एम्वुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । 


हिजो राती प्रहरी चौकी तरहराबाट गस्तीमा खटिएको प्रहरी टोलीले कोशी लोकमार्गमा रोकिराखेको बा२ च ९५७३ नम्बरको एम्बुलेन्समाथि शंका लागी जाँच गर्ने क्रममा एम्बुलेन्सभित्र १५ वटा प्लास्टिकको पोको बनाएर राखेको ४ सय ५० किलोग्राम गाँजा बरामद गरेको थियो । 


गाँजा बरामद भएपछि सो एम्बुलेन्स नियन्त्रणमा लिई आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।