इलामः इलामको इलाम नगरपालिका–९ भञ्ज्याङ स्थित मेची राजमार्गबाट १ हजार ५ सय ४ किलो ६१० ग्राम गाँजा बोकेको ना. ४ ख ८९९६ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । 


हिजो साँझ प्रहरी चौकी गोलाखर्कबाट गस्तीमा खटिएको प्रहरी टोलीले सवारी जाँचको क्रममा ट्रकमा फल्स बटम बनाएर त्रिपालले छोपी प्लास्टिको ४१ वटा बोरामा लुकाइछिपाई राखेको अवस्थामा सो गाँजा फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ । 


गाँजा बरामद भएसँगै उक्त ट्रक नियन्त्रणमा लिएर आवश्यक कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ  ।