इटहरी ।  बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा भएको छ । वर्षाका क्षेत्र र मात्रा आजदेखि झन् बढ्ने मौसमविदहरुले बताएका छन् ।

नेपाल मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशका पाल्पा र कपिलवस्तुमा जिल्लामा भएको छ ।

पाल्पाको बल्ड्याङगढीमा वर्षा मापन केन्द्रमा १२८.६ मिलिमिटर र कपिलवस्तुको भगवानपुरमा १२२ मिलिमिटर वर्षा भएको छ । कपिलवस्तुकै शिवराज नगरपालिकास्थित मैनार वर्षामापन केन्द्रमा पनि ११७ मिलिमिटर वर्षा भएको छ ।

गण्डकीको तनहुँ, कास्की, स्याङ्जा, पाल्पा र आसपासका क्षेत्रमा पनि वर्षा भएको छ ।