डोल्पाः डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरणका क्रममा विमान दुर्घटना भएको छ ।
नेपालगञ्जबाट यात्रु लिएर गएको जहाज आज बिहान ८ बजेर २५ मिनेटमा अवतरणका क्रममा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी इन्स्पेक्टर पदम रावलका अनुसार जहाज अवतरणका क्रममा पछाडिको दाहिनेतर्फको चक्का फुत्किएर बाहिर निस्किएको थियो ।
जहाजमा सवार सबै यात्रु सुरक्षित रहेको प्रहरीले जनाएको छ । जहाजमा ७ जना विदेशी र ६ जना नेपाली गरी १३ जना सवार रहेका थिए ।


















