ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिक–३ दोभानमा भीषण आगलागी भएको छ । आगलागीबाट करिब १० घर जलेका छन् । आगलागी नियन्त्रणका लागि सुरक्षाकर्मीको टोली परिचालन भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १ कंचनजंघा गुल्मबाट सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले बताए । उक्त ठाउँमा करिब ५० घर धुरी रहेका छन् ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको बताइएको छ।
स्थानीय दावा शेर्पाको घरबाट आगालागी सुरु भएको बताइएको छ।


















