इटहरी । पछिल्लो २४ घण्टामा चितवनको माडी कल्यानपुर केन्द्रमा २२२.४ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
त्यस्तै, परासीको बर्दघाट, चितवनको मेघौली र तनहुँको अत्रौउलीटारमा पनि २०० मिलिमिटरभन्दा धेरै वर्षा मापन भएको छ।
परासीको बर्दघाट मापन केन्द्रमा २०७ मिलिमिटर वर्षा भएको छ । चितवनको मेघौली मापन केन्द्रमा २०२.८ मिलिमिटर वर्षा भएको छ । तनहुँको अत्रौउलीटार मापन केन्द्रमा २०२.२ मिलिमिटर वर्षा भएको छ ।
२४ घण्टाको अवधिमा २०० मिलिमिटरभन्दा धेरै वर्षा मापन हुनुलाई अति भारी वर्षा भएको मानिन्छ । यस्तै, १०० देखि २०० मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा र ५० देखि १०० मिलिमिटर वर्षा हुनुलाई भारी वर्षा भनिन्छ ।


















