भरतपुरः नारायणी माथिको पुलमा आवतजावत बन्द हुँदा हजारौं यात्रु प्रभावित भएका छन्।


बाढीले बगाएको क्रुजसिप पुलमुनि अड्किएपछि सम्भावित जोखिमलाई हेरेर पुलमा आवगमन बन्द गरिएपछि आफ्नो गन्तव्यमा हिँडेका सवारी साधन र यात्रुहरू रोकिएका छन्।


भरतपुरको नारायणघाटतर्फ र नवलपुरको गैंडाकोटतर्फ यात्रु र पुल हेर्न आउनेको भीड रहेको बताइएको छ।