इटहरी । आज नेप्से परिसूचक ११.९० अंकले घटेर २५८७.२५ विन्दुमा अडिएको छ ।  


नेप्सेमा सूचीकृत ३५६ कम्पनीको १ करोड १९ लाख १२ हजार ५५० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड रुपैयाँको शेयर कारोबार भएको छ । 


सामुहिक लगानी कोष ०.२० प्रतिशत बढेको छ भने बाँकी सबै समूहका सूचक ओरालो लागेका छन् । सर्वाधिक घट्नेमा उत्पादन तथा प्रशोधन समूह रहेको छ । यो समूह आज ०.७३ प्रतिशत घटेको छ ।  


बजार घटे पनि एनएमबि डिबेञ्चर डिबेञ्चरको मूल्य १४.२९ प्रतिशत बढेको छ । एबीएल डिबेञ्चरको ८.८० प्रतिशत, माण्डू हाइड्रोको ५.४५ प्रतिशत, लक्ष्मी उन्नती कोषको ४.६२ प्रतिशत, एनआइबीएल ग्रोथ फण्डको ३.९७ प्रतिशत, एनआईएमबी डिबेञ्चरको ३.८१ प्रतिशत, एभरेष्ट बैंकको २.९९ प्रतिशत, आरबीबी म्यचुुअल फण्ड–२ को २.९३ प्रतिशत, ७ प्रतिशत नबिल डिबेञ्चरको २.६० प्रतिशत र बेष्ट फाइनान्सको २.२९ प्रतिशतले शेयरमूल्य बढेको छ ।  


सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक अर्थात् ८.५५ प्रतिशत घटेको छ । 


बजार घटेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब ५० अर्ब ३७ करोड ३८ लाख ५१ हजार ८३८ रुपैयाँ कायम भएको छ ।