काठमाडौंः नेपाली कांग्रेसको संशोधित विधान १५ औँ महाधिवेशनअन्तर्गत हिजो भएको बन्द सत्रले पारित गरेको छ ।
महामन्त्री प्रदीप पौडेलले पेश गरेको संशोधित विधानअनुसार आ कांग्रेस केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुने भएको छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक जना महिला अनिवार्य गरिएको छ ।
एक जना महिलासहित महामन्त्री ३ जना रहने छन् ।सहमहामन्त्री १५ जना रहने छन् । कोषाध्यक्ष केन्द्रीय सदस्य मध्येबाट एक जना चयन हुनेछन् । प्रवक्ता एक जना हुनेछन् भने सहप्रवक्ता पनि हुनेछन् ।
केन्द्रीय सदस्यहरूमा खुलातर्फ ४५ जना रहने छन् । महिला खुलामा १५ जना सदस्य हुनेछन् । उपत्यकाबाट एक महिलासहित दुई जना अनिवार्य गरिएको छ । त्यस्तै दलिततर्फ पाँच महिला र एक मधेसीसहित १४ जना रहने छन् ।
जनजातितर्फ ८ महिलासहित २० जना हुनेछन् भने खस आर्यबार्ट ८ महिलासहित १८ जना हुनेछन् ।
मधेसीतर्फ पाँच महिलासहित १३ जना हुनेछन् । त्यस्तै जनसम्पर्क समितिबाट २ महिलासहित ७ जना हुनेछन् । पिछडिएको बर्गबाट ३ जना हुनेछन् ।
थारूबाट २ महिलासहित ६ जना रहेका छन् । श्रमिकबाट १ महिलासहित ३ जना, पेशागत विज्ञबाट दुई महिलासहित ७ जना चयन हुनेछन् ।
सातै प्रदेशबाट २१ जना ३५ वर्ष मुनिका युवा रहने छन् । त्यस्तै अपाङ्गता भएकाबाट एक जना तथा प्रजातन्त्र सेनानीबाट तीन जना हुनेछन् । केन्द्रीय कार्यसमितिले पछि ६६ जना मनोनित गर्नेछ ।
सोमबार विधान पारित भए पनि सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन भने आज हुने बन्द सत्रले मात्र पारित गर्नेछ ।

















