पथरी: मोरङको पथरी शनिश्चरेमा रहेको लक्ष्मी अटोमोबाइल्सले सञ्चालन गरिरहेको ‘अचम्मैको डिल’ टीभीएस एक्सचेन्ज क्याम्पमा दुई दिनमा १६ वटा सवारीसाधन बिक्री भएका छन् । १० वटा पुराना सवारीसाधन साटिएको छ ।

असोज २३ गतेदेखि शिवालय मन्दिर अगाडि, मन्दिर लाइनमा शुरु भएको क्याम्पको पहिलो दिन ९ वटा सवारीसाधन बिक्री भएका थिए । हिजो २४ गते ५ वटा पुराना सवारी साधन एक्सचेन्ज भएका थिए । हिजो थप ७ वटा सवारी बिक्री हुँदा ५ वटा पुराना सवारी साधन एक्सचेन्ज भएका थिए ।

क्याम्पअन्तर्गत ग्राहकले पुरानो बाइक वा स्कुटर साटेर नयाँ टीभीएस सवारीसाधन खरिद गर्न सक्नेछन् । कम्पनीले १० लाख रुपैयाँसम्म नगद छुट, खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याक, टीभीएस गोल्डेन कीमार्फत विशेष उपहार जित्ने अवसर तथा दैनिक लक्की ड्रको व्यवस्था गरेको छ ।

पाँच वर्षसम्म निःशुल्क सर्भिस, निःशुल्क हेल्मेट, पुरानो सवारी साधनको उच्च मूल्यांकन र सहज फाइनान्स सुविधासमेत उपलब्ध गराइएको जनाइएको छ ।

कात्तिक १ गतेसम्म सञ्चालन हुने क्याम्पमा सहभागी भई ग्राहकले पुरानो सवारी साधन एक्सचेन्ज गरेर नयाँ टीभीएस खरिद गर्न सक्ने बताइएको छ ।