इटहरी । सुनसरीको इटहरी–१ आँपगाछीमा रहेको प्रदेशकै अग्रणी दुग्ध विकास सहकारी संस्था कामधेनु दुग्ध विकास सहकारी संस्थाको अध्यक्ष पदमा यादप ढकाल लगातार दोस्रो कार्यकाल अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । ढकाल मोरङको ग्रामथान–७ निवासी हुनुहुन्छ । 


बाँकी पदमा भने असोज २५ गते निर्वाचन हुने कार्यतालिका छ । सहकारीका १ हजार ७२० शेयर सदस्यहरुले मतदान गरी नयाँ कार्यसमिति चयन गर्नेछन् । 


सहकारीको उपाध्यक्ष पदका लागि धनकुटाको छथरजोरपाटी–६ का नगेन्द्रजंग थापा र तेह्रथुमको लालीगुँरास–३ का ईन्द्रबहादुर बानियाँबीच प्रतिस्पर्धा हुने भएको छ ।


सञ्चालक समितिको खुला सदस्य पदका लागि आठ जनाको उम्मेद्वारी परेको छ । विनोदप्रसाद गुरागाईँ, विज्ञान ढुंगाना, देवबहादुर कार्की, राजेन्द्र अधिकारी, लोचन पौडेल, गोविन्दबहादुर बस्नेत, धनबहादुर कटुवाल र भीमशंकर अधिकारी ‘राजु’ ले उम्मेद्वारी दिनुभएको  छ । 


महिला सञ्चालक सदस्य पदमा दुर्गा अधिकारी, मूर्तिकुमारी भगत चौधरी, पदमदेवी बस्नेत, दीपा प्याकुरेल ओझा, सीतादेवी फुयाँल र शारदा खतिवडाको उम्मेदवारी परेको छ । 


लेखा सुपरिवेक्षण समितिको संयोजक पदमा देवीप्रसाद भट्टराई र पदम सुवेदीबीच प्रतिस्पर्धा हुने भएको छ । सदस्य पदका लागि बाबुराम कार्की, डण्डबहादुर खड्का, मनोज दाहाल र लोकेन्द्र काफ्लेबीच प्रतिष्पर्धा हुने भएको छ । 


कामधेनु दुग्ध विकास सहकारी संस्थामा ६ जिल्लाका १० हजार बढी दुग्ध उत्पादक किसान जोडिएको सो सहकारीले जनाएको छ ।