इटहरी । आज नेप्से परिसूचक ४ अंकले बढेर २५९५.८१ विन्दुमा अडिएको छ । 

नेप्सेमा सूचीकृत ३५४ कम्पनीको १ करोड २७ लाख १९ हजार ७३४ कित्ता शेयर ४९ हजार ८०९ पटक किनबेच हुँदा ४ अर्ब ४६ करोड ५२ लाख ४६ हजार ३६० रुपैयाँको शेयर कारोबार भएको छ ।  

आज ५ वटा उपसमूहमा हरियाली छाउँदा व्यापार समूह १.०२ र बैंकिङ समूह १.०१ प्रतिशतले बढेको छ ।  विकास बैंक समूह ०.५३ प्रतिशत, फाइनान्स समूह ०.२१ प्रतिशत र जीवन बीमा समूह ०.०५ प्रतिशतले बढेको छ ।  

बजार बढे पनि होटल तथा पर्यटन समूह सर्वाधिक अर्थात् ०.८७ प्रतिशतले घटेको छ । जलविद्युत समूह ०.४६ प्रतिशत, अन्य समूह ०.४२ प्रतिशत, लगानी समूह ०.२८ प्रतिशत, सामुहिक लगानी कोष समूह ०.२८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.१९ प्रतिशत, निर्जीवन बीमा समूह ०.१२ प्रतिशत र माइक्रोफाइनान्स समूह ०.०१ प्रतिशतले घटेको छ ।  

बढेको बजारमा धौलागिरी लघुवित्तको शेयरभाउ १५ प्रतिशत बढेको छ । स्नो रिभर्सको १३.९२ प्रतिशत बढेको छ । 

सूचक बढे पनि आज सर्वाधिक सेयरभाउ घट्ने कम्पनीमा रिज लाइन इनर्जी रहेको छ । सो  कम्पनीको मूल्य ६.२९ प्रतिशतले घटेको छ । टक्सार पिखुवा खोला हाइड्रोको शेयरमूल्य ५.४२ प्रतिशत घटेको छ ।  

४ अर्ब ४६ करोड रुपैयाँको शेयर किनबेच हुँदा कुमारी बैंकको सर्वाधिक अर्थात् २५ करोड १९ लाख ८३ हजार रुपैयाँको शेयर किनबेच भएको छ । उच्च कारोबार गर्ने अन्य कम्पनीमा घलेम्दी हाइड्रो, साहस ऊर्जा, लक्ष्मी सनराइज बैंक र प्राइम कमर्सियल बैंक रहेका छन् । 

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब ६५ अर्ब ९ करोड ३८ लाख ५१ हजार ७२७ रुपैयाँ कायम भएको छ ।