इटहरी । अब नेपालको शेयर बजार ९ दिनपछि कात्तिक ९ गतेमात्रै खुल्नेछ ।
बडादशैंका अवसरमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लगातार ९ दिन सेयर कारोबार बन्द हुने भएको हो । असोज ३१ गते फूलपातीदेखि बन्द हुने सेयर बजार कात्तिक ९ गते सोमबारदेखि मात्रै पुनः सञ्चालनमा आउनेछ । दशैं बिदा र नियमित साप्ताहिक बिदा परेकाले शेयर बजार लामो समय बन्द रहने भएको हो ।
असोज ३१ गते शनिबार फूलपातीदेखि कात्तिक ६ गतेसम्म दशैं बिदा छ । ७ गते शनिबार र ८ गते आइतबार साप्ताहिक बिदा परेकाले कात्तिक ९ गते सोमबारदेखि शेयर बजार खुल्नेछ ।


















