इटहरी । बुधबार शेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा अडिएको छ ।
नेप्सेमा सूचीकृत ३५४ कम्पनीको १ करोड १६ लाख ७४ हजार २०९ कित्ता शेयर ३९ हजार १८३ पटक किनबेच हुँदा ४ अर्ब १३ करोड ६१ लाख ६१ हजार ३३१ रुपैयाँको शेयर कारोबार भएको छ ।
सबै समूहमा हरियाली छाउँदा बैंकिङ समूह सर्वाधिक अर्थात् १.४५ प्रतिशतले बढेको छ । विकास बैंक समूह १.१९ प्रतिशत र निर्जीवन बीमा समूह १.२० प्रतिशत बढेको छ । बाँकी समूह १ प्रतिशतभन्दा कम बढेका छन् ।
बढेको बजारमा सर्वाधिक कमाउनेमा एसबीएल डिबेञ्चर रहेको छ । यो ऋणपत्रको मूल्य १३.२१ प्रतिशत वृद्धि भएको छ । नेपाल एसबिआई बैंक डिबेञ्चरको ८.१८ प्रतिशत शेयरमूल्य बढेको छ ।
बजार बढे पनि सगरमाथा जलविद्युत कम्पनीको शेयरमूल्य ६.३२ प्रतिशतले घटेको छ । एभरेष्ट कलरको ४.९५ प्रतिशत, स्वाभिमान लघुवित्तको ३.७५ प्रतिशत, अप्पर लोहरे खोला हाइड्रोको ३.६४ प्रतिशत शेयरमूल्य घटेको छ ।
सबैभन्दा धेरै कुमारी बैंकको २६ करोड ६४ लाख ४५ हजार १४३ रुपैयाँको शेयर किनबेच भएको छ । घलेम्दी हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक र सिटी होटल उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब ८ अर्ब ८७ करोड ४ लाख ७६ हजार ६४५ रुपैयाँ कायम भएको छ ।


















