खाँदबारीः संखुवासभाको खाँदबारीमा आजदेखि शुरु हुने भनिएको गोल्डकप वर्षाका कारण दुई दिन पछि सरेको छ

वर्षाका कारण खेलमैदान हिलाम्मे भएपछि आयोजकले प्रतियोगिता दुई दिनपछि सार्ने निर्णय गरेको हो ।

खाँदबारीको मानेभञ्ज्याङमा आयोजना हुन लागेको पहिलो संस्करणको संखुवासभा गोल्डकप फुटबल प्रतियोगिता अब कात्तिक १६ देखि २० गतेसम्म सञ्चालन हुने भएको छ ।

प्रतियोगितामा आयोजक अरुण उपत्यका सामुदायिक विकास क्लब (एड्भान्स), सुनसरीको न्यु स्टार क्लब, सिरहाको सलहेश युवा क्लब, लोहोरुङ क्लब पाङ्मा, काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेड, खाँदबारी युथ क्लब, झापा (११) फुटबल क्लब र सेकाहा सामुदायिक विकास क्लबबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टोलीले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले तीन लाख रुपैयाँ पाउनेछ । उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई जनही सात हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी अर्थात् ‘प्लेयर अफ द म्याच’लाई पाँच हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले भने नगद १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।